NIPUN BHARAT KO SIKKIM - LYRICS

 

                                            NIPUN BHARAT KO SIKKIM - LYRICS

 

निपुण भारतको सपना

सबै नानीले बुझुन् भाषा र गणना x 2 times

निपुण सिक्किम ... निपुण सिक्किम ..... निपुण सिक्किम

 

क– बाट कमल

भन्दै ज्ञ सम्म।

जान्ने बुझ्ने हुनु पर्यो

ए देखि जेड़ सम्म॥

 

निपुण भारतको सपना.......Music

 

शुन्य देखि नौ सम्म

चिन्ने लेख्ने भए।

नाम सरल लेख्न सिक

कक्षा चढने भए॥

सरगम............

रुचि बढ़ाई आकारमा

आकाश गंगा कोर ।

एउटा आईफल दुईटा ओखर

कति भयो जोड़॥

निपुण भारतको सपना.......Music

सरगम........

बाटो छेउका बट -वृक्ष

राम्ररीसंग चिन्नु।

भाग गर्नु, गुणा गर्नु

हिसाब राम्ररी गुन्नु॥

सरगम.....

साठ्ठी शब्द प्रति मिनट

पढ़न् सक्नु पर्छ।

गणित सिक्नु पर्छ नानी

अध्ययन अघि सर्छ॥

 

आफू सज्जन हुनु नानी

आफै निपुण भए।

राष्ट्र निपुण हुन्छ वरै

यस्तै गर्दै गए॥

निपुण भारतको सपना

सबै नानीले बुझुन् भाषा र गणना x 2 times

निपुण सिक्किम....... निपुण सिक्किम....... निपुण सिक्किम x 2 times


Popular posts from this blog

Legal Awareness and Outreach Program organized by Sikkim State Legal Services Authority on NALSA

TWINNING of SCHOOL Programme-2023